चर्को व्याजदर घटाउन माग गर्दै धनगढीका व्यवसायी सडकमा उत्रिए

214 Shares

धनगढी, ९ फागुन । बैँक तथा वित्तीय संघसंस्थाहरुले लिएको चर्को व्याजदर घटाउन माग गर्दै धनगढीका व्यवसायी सडकमा उत्रिएका छन् ।
व्यवसायीहरुले बैंकको ब्याजदर ऋणमा ९ प्रतिशत भन्दा माथि नहुने, नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयको नीतिमा सुधार गर्नुपर्ने लगायतका माग राखेका हुन् ।
धनगढी चौराहदेखि पार्कमोडसम्म निकालिएको विरोध रयालीमा सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध व्यवसायीले नाराबाजी गरेका थिए ।
एक अंकको व्याजदर कायम हुनुपर्ने, बैंकहरुको आन्तरिक खर्च कटौती गरी स्पे्रड दर ३ प्रतिशत कायम गर्नुपर्ने, सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी गत वर्षकै आधारमा लिनुपर्ने, व्याज बुझाउने म्याद ३५ दिनसम्म राख्नुपर्ने जस्ता माग पनि उनीहरुले गरेका छन् ।

सम्बन्धित समाचार