भन्सार छलेर सामान बोकेको आशंकामा ट्रक र ट्याक्टर नियन्त्रणमा

172 Shares

विरगञ्ज, ९ फगुन । अबैध रुपमा भारतबाट भन्सार छलेर भित्रयाइएको समान सहितको सवारी साधनलाइ पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
विरगञ्ज महानगरपालिका वर्डा नं. २५ सिर्सिया स्थित सडकखण्डबाट ना ५ ख ५४९४ ट्याक्टर र ना ३ ख १०२४ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।
बिल विजक भन्दा बढी स्टेशनरी तथा खुद्रा सामान बोकेको ट्रक र ट्याक्टर वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको अवस्थामा ट्रक र ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
फागुन ५ गते नियन्त्रणमा लिएको सामान सहितको ट्रक र टयाक्टर राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।
बिल विजक भन्दा बढी मालवस्तुहरू लोड रहेको र भएका बिल विजक पनि शंकास्पद देखिएकोले सामानसहित ट्रक र टयाक्टर नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
बरामद गरिएको सामानसहितको ट्रक र ट्याक्टरको मूल्य अन्दाजी ९२ लाख ४८ हजार ८ सय २२ कायम गरिएको प्रहरीले जनाएको छ । प्रहरीले भन्सार छलेर सामान बोकेको आशंकामा वीरगञ्जबाट ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार