सरकारले फागुन १५ मा स्वास्थ्य सेवा दिवस मनाउन

   फाल्गुन ९, २०७९  
233 Shares

काठमाडौं, ९ फगुन । सरकारले १५ फागुनमा स्वास्थ्य सेवा दिवस मनाउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवस मनाउनको लागि मुख्य सचिव शंकरदास वैरागीका नेतृत्वमा मूल समारोह समिति गठन गरेको हो ।
“गुणस्तरीय स्वास्थ्य सेवा निरोगी नेपाल निर्माणमा हाम्रो टेवा” भन्ने नाराको साथ स्वास्थ्य सेवा दिवस मनाउनको लागि स्वास्थ्य मन्त्री पदम गिरीको संयोजकत्वमा बसेको बैठकले मूल समारोह समिति गठन गरेको छ ।
सह—संयोजमा सचिव देवकुमारी गुरागाईँ र स्वास्थ्य सचिव डा. रोशन पोखरेल रहेका छन् । समितिको सदस्यमा अतिरिक्त सचिव, महानिर्देशक, महाशाखा प्रमुख केन्द्रीय अस्पतालका प्रमुख, निर्देशक, कार्यालय प्रमुख, स्वास्थ्य क्षेत्रका राष्ट्रियस्तरका ट्रेड युनियनका अध्यक्षहरू र प्रमुख स्वास्थ्य समन्वय महाशाखा रहने छन् ।
स्वास्थ्य सेवा विभागको महानिर्देशक दिपेन्द्र रण सिहंलाई तोकिएको छ । कार्यक्रम व्यवस्थापन समितिको सदस्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका महाशाखा प्रमुख, नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख, गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशक र औषधि व्यवस्था विभागका महानिर्देशक, स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक र कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत रहने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै