अहिले सम्मको संक्रमण दर उच्च नेपालमा

तराई टप संवाददाता
रौतहट, १८ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । संक्रमितको संख्या हेर्दा अहिले सम्मको सवै भन्दा उच्च हो ।
पछिल्लो २४ घण्टामा १४ हजार ९६९ नमुना परीक्षण गर्दा ५७६३ संक्रमण पुष्टि भए सँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेका छन् ।
नेपालमा थप १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको मन्त्रालयले जनाएको छ ।