नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुबीच छलफल

176 Shares

काठमाडौँ, १० फागुन । राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुबीच छलफल भएको छ ।
राष्ट्रपतिमा अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव लिएर सभापति शेरबहादुर देउवा निवासको निवास धुम्बाराही पुगेका थिए ।
राष्ट्रपतिका विषयमा भएको छलफलमा कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र लोसपाबाट अध्यक्ष ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा लगायत सहभागी थिए ।
भण्डारीका अनुसार लोसपा पनि कांग्रेस नेतृत्वको गठबन्धनमा रहेकाले ठाकुर पनि सहमति भएको अवस्थामा राष्ट्रपतिका लागि उपयुक्त भएको देउवाको भनाइ थियो । ‘तपाई हामी एलायन्समा छौं । सहमतिको परिस्थिति बन्यो भने उहाँ पनि उपयुक्त हो भन्नुभएको छ,’ ।
लोसपा नेता राजेन्द्र महतोले कांग्रेसले राष्ट्रपतिको उम्मेदवारी मनोनयनसम्म पार्टीभित्र र बाहिर छलफल गर्ने बताएको जानकारी दिए । कांग्रेसले बिहीबार कार्यसम्पादन समिति बैठक बोलाएको छ । लोसपाको प्रस्तावबारे पनि छलफल हुने छ ।

सम्बन्धित समाचार