आर्थिक वर्षको नाफाबाट बोनस शेयर वितरण

107 Shares

काठमाडौँ, १० फागुन । किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट बोनस शेयर वितरण गर्ने भएको छ ।
कम्पनीमा बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैठकले हाल कायम चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार ५३० रुपैयाँको ७ प्रतिशतले हुने ३ करोड २९ लाख ९५ हजार ९३७ रुपैयाँ बराबरको बोनस शेयर तथा ०.३६८४ प्रतिशतले हुने १७ लाख ३६ हजार ६२८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार