वित्तीय संस्थाले आफ्नो लगानीकर्ताहरुको लागि लाभांश घोषणा गरे

177 Shares

काठमाडौँ, १० फागुन । सामुदायिक वित्तीय संस्थाले आफ्नो लगानीकर्ताहरुको लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट असार मसान्तसम्म कायम चुक्ता पूँजीबाट आकर्षक लाभांश घोषणा गरेको हो ।
लघुवित्तले १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यही वर्षको असार मसान्तमा कम्पनीको चुक्ता पूँजी १३ करोड २० लाख रुपैयाँ कायम थियो । यसअनुसार चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १ करोड ३२ लाख रुपैयाँ बोनस सेयर पाउने छन् ।
११ प्रतिशतले हुन आउने १ करोड ५४ लाख ८९ हजार रुपैयाँ नगद लाभांस वितरण गर्ने कम्पनीको सञ्चालक समितिको २०७ औं बैठकले प्रस्ताव गरेको छ । यो प्रस्ताव आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागू हुनेछ ।

सम्बन्धित समाचार