नेकपा एमाले सुरु गरेको मिसन ग्रासरुट

116 Shares

रौतहट, १० फागुन । नेकपा एमाले सुरु गरेको मिसन ग्रासरुट रौतहटमा सुरुवात भएको छ ।
नेकपा एमाले कोे पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ फागुन ५ गतेदेखि देशभर एकसाथ शुरू भएको होे ।
कार्यक्रम सुरुवात गर्दै पार्टीका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोतम पौडेलले पार्टीलाई वैचारिक र संगठ नात्मकरूपमा सुदृढ गरी मुलुकमा राजनीतिक स्थायित्वको प्रत्याभूति गर्ने बलियो शक्तिका रूपमा स्थापित गर्न आवश्यकता बोध गरेर पार्टीले यो अभियान चलाएको बताए ।
उनले पार्टीको संगठनात्मक जीवनमा देखापरेका अस्तव्यस्तता र अराजकताका कारण कमिटीगत परिचालनमा समस्या देखापरेका र निर्वाचनको सिलसिलामा विभिन्न गलत प्रवृत्ति प्रकट भएका कारण पार्टीले कैयौं महत्वपूर्ण स्थानहरू गुमाउनु परेको हुँदा यस्ता समस्याको समाधान गर्ने अभियानको एक प्रमुख उद्देश्य रहेको प्रष्ट पारेका छन ।
यो अभियानभरी रौतहट पार्टीमा रहेका कमी कमजोरीलाई हटाउँदै पार्टीलाई पहिलो नम्बरको पार्टी बनाउने उद्घोष नेता पौडेलले गरे ।

सम्बन्धित समाचार