विद्युत कर्मचारी माथि कुटपिट भएको घटनालाई प्राधिकरणले बिरोध जनाए

   फाल्गुन १०, २०७९  
163 Shares

रौतहट, १० फागुन । विद्युत प्राधिकरणको कर्मचारी माथि कुटपिट भएको घटना प्राधिकरणले बिरोध जनाउदै आएको छ ।
मौलापुर वितरण केन्द्रको परिसरबाट इञ्जिनियर महेन्द्र चौधरीलाई अपहरण शैलीमा लगेर कुटपिट गरेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिए ।
प्राधिकरणका अनुसार करिब ३० जनाको समूहमा आएको व्यक्तिहरूले इञ्जिनियर चौधरीलाई चार पाङ्ग्रे गाडीमा अपहरण शैलीमा लगेर कुटपिट गरेको बताएको हो ।
गत शुक्रबार ५ गते बिहान ९ बजे तिर आएको सो समूहले चौधरीलाई उठाएर अनधिकृतरुपमा विद्युत् लाइन जडान गर्न दबाब दिएको थियो ।
विद्युत् जस्तो अत्यावश्यक सेवामा खटिने कर्मचारी माथि भएको दुर्वयवहार प्रति नेपाल विद्युत् प्राधिकरण गहिरो खेद प्रकट गर्दछ र सो घटनाका दोषीहरूलाई हदै सम्मको कारबाही गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ,’ प्राधिकरणको विज्ञप्तिमा लेखिएको छ ।
मौलापुर नगरपालिका नगर कार्यपालिकाको तर्फबाट दोषीलाई कारवाही गरी पाउँ भन्दै जिल्ला प्रहरी कार्यालय गौरमा निवेदन दिएकी छिन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै