पर्साका २ साँसदले भेन्टिलेटर आइसोलेसन बनाउन ५८ लाख रकम सहयोग दिए

   १८ बैशाख २०७८, शनिबार १७:२८  

तराई टप संवाददाता
पर्सा, १८ वैशाख । पर्सा जिल्लाको दुई साँसद कोभिड महामारीबाट लड्न र आफना नागरिकलाई सहज उपचार होस भन्दै भेन्टिलेर र आइसोलेसन तयार गर्न ५८ लाख रकम सहयोग गरेको छ ।
पर्सा क्षेत्र नम्वर १ बाट निर्वाचित साँसद प्रदिप यादव र २ नम्वरबाट निर्वाचित विमल श्रीवास्तवले कोभिड १९ को रोकथाम गर्न तथा महामारी संग लडेर जिवनरक्षार्थ हेतु भेन्टिलेटर खरिद र आइसोलेसन बनाउन उक्त रकम सहयोग गरेको हो ।
जिल्ला समन्वय समिति पर्साको कार्यकक्षमा गत बुधवार बसेको बैठकमा बिभिन्न योजना अन्तर्गतको विनियोजित बजेट कट्टा गरी अहिले स्थानीयवासीको जिवन रक्षा र कोभिड महामारीको प्रकोप रोकथामको बिषयमा लगाउने सहमती भएका थिए । छलफलमा निर्वाचन क्षेत्र नम्बर १ र २ को संसदिय विकास कोषबाट संचालित स्थानिय पूर्वधार विकास साझेदारी कार्यक्रमको रकम कोभिड १९ नियन्त्रणमा प्रयोग गर्ने निर्णय समेत गरएको थियो ।
संसदिय निर्वाचन क्षेत्र नम्बर १ र २ को योजनाहरुको ५८ लाख ८ हजार रुपैया वीरगञ्ज महानगरपालिकालाई भेन्टीलेटर र स्वास्थ्य उपकरण खरिदका लागि दिने निर्णय वैठकले गरेको छ । सरकारको निति अनुसार स्थानिय तहमा योजनाको रकम रकमान्तर गरी विकास कार्यमा लगाउन सकिने भएको हुँदा सो रकम कोरोना महामारी नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकालाई दिने निर्णय गरिएको सांसद यादवले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै