211
Shares
रौतहट, १० फागुन । नेकपा एमालेले जिल्ला कार्य समिति रौतहटको पुर्नगठन गरेको छ ।
गरुडामा रहेको तुल्सीलाल अमात्य स्मृती प्रतिष्ठान भवनमा आयोजित कार्यक्रममा पुर्नगठित समितिका ५५ जना सदस्यलाइ सपथ ग्रहण गराइएको छ ।
समितिको संयोजकमा सचितानन्द साह रहेका छन । समितिको सदस्यमा दिपक यादब, बाल बिक्रम कार्की, कोपिला तिमलसिना, जगरनाथ अधिकारी, टिका घिमिरे, लोकनाथ पहाडी, झरना आचार्य लगायत ५५ जना रहेका छन ।
रौतहट जिल्ला अधिवेशन आयोजक कमिटिका संयोजक तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि पुरुषोतम पौडेलले गराएका थिए ।
कटहरिया अधिबेशनबाट जिल्ला कार्य समितिमा चयन भएका मध्य एमाले मै बसेकाहरुलाइ अहिलेको समितिमा राखिएको समितिका सदस्य बाल बिक्रम कार्कीले जानकारी दिए ।