मुसहर र डोम समुदायका महिलाहरुलाई सेनेटरी प्याड वितरण

171 Shares

लालबन्दी, १० फागुन । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ४ मुसहर बस्ती र वडा नं. ९ डोम बस्तीमा १०० जना महिलाहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ ।
सिस्टर हूड नेपालमा आवद्ध किशोरीहरुले बस्तीमै पुगेर दलित मुसहर र डोम समुदायका महिलाहरुलाई सेनेटरी प्याड वितरण गरेको हो । आर्थिक अवस्था कमजोर र न्यून चेतनास्तर रहेको मुसहर तथा डोम समुदायका महिलालाई महिनावारी हुँदा सेनेटरी प्याड प्रयोग गर्ने भनी सिकाउँदै साथमा प्याड समेत बाँडिएको सिस्टर हूड नेपालकी कायरा पोखरेलले जानकारी दिईन् ।
किशोरीको समूहले सामाजिक कार्य अन्तर्गत केही समयअघि लालबन्दी २ स्थित पद–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा खाद्यान्न सहयोग गरेको थियो ।

सम्बन्धित समाचार