पंच कुण्डिय विष्णु महायज्ञमा हेलिकप्टरबाट पुष्पवृष्टि

184 Shares

सर्लाही, १० फागुन । सर्लाहीको कौडेना गाउँपालिका वर्डा नं. ५ छपकहिँयामा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ ।
पंच कुण्डिय विष्णु महायज्ञ एवं श्रीराम कथा स्थलमा दिउँसो हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको हो ।
महायज्ञको प्रदेशसभा सदस्य कौशलकिशोर राय र जंगिलाल राय, मलंगवा नगरपालिकाका मेयर नागेन्द्रप्रसाद यादव, कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार उपाध्यक्ष नगिना देवीलगायत भएर उद्घाटन गरे ।
महायज्ञ उद्घाटनकै अवसरमा भव्य कलश यात्रा समेत निकालिएको स्थानीय युवा धिरोजकुमार यादवले जानकारी दिए । उनका अनुसार महायज्ञ ७ दिनसम्म चल्नेछ ।
महायज्ञमा विदुषी मैत्रेयी भारती र स्वामी श्री शिवानन्द जीले कथावाचन गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार