राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरे

   फाल्गुन १०, २०७९  
110 Shares

काठमाडौं, १० फगुन । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ ।
यसमा संघीय संसदका ३ सय ३१ र प्रदेश सभाका ५ सय ५० जनाको नाम समावेश हो । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँ छन् ।
सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माका अनुसार प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी आजै बिहान ११ बजेदेखि भोलि १२ बजेसम्म तोकिएको छ ।
सो समयमा पर्न आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै