नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज

185 Shares

काठमाडौं, ११ फागुन । राष्ट्रपति पदको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ ।
बिहीवार बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्नेछ । बैठकमा राष्ट्रपति पदको उम्मेदवार चयन लगायतको विषयमा छलफल हुने एक नेताले जानकारी दिएको हो ।
नेपाली कांग्रेसमा राष्ट्रपति पदको उम्मेदवारको लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाममा छलफल हुदै छ ।

सम्बन्धित समाचार