वीरगञ्ज, ११ फागुन । वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणको लागि फगिङ र पम्प स्प्रेमार्फत विषादी छर्न सुरु गरेको छ ।
गर्मी सुरु भएसँगै वीरगञ्जमा लामखुट्टेको प्रकोप बढन थालेपछि नियन्त्रणको लागि फगिङ र पम्प स्प्रेमार्फत विषादी छर्न सुरु गरेको वीरगञ्ज महानगरपालिकाले जनाएको हो ।
सरसफाइ व्यवस्थापनको लागि शाखाको अधिकृत सरफुदिन मियाले बुधवारदेखि फगिङ र पम्प स्प्रे गर्न थालिएको जानकारी दिए ।
पहिलो दिन महानगरपालिकाको वडा नं. १, २ र ३ फगिङ गरिएको र वडा नम्बर ४ मा पम्प स्प्रे गरिएको उनले बताए ।
फगिङ्ग मेसिनबाट हावामा मट्टीतेलमा विषादी मिसाएर धुवा छर्ने गरिएको छ भने र खुल्ला नालामा पम्पले स्प्रे गरिन्छ ।
बिहान १० बजेदेखि नै पम्पमा विषादीसहितको घोल बनाएर नाला तथा पानी जमेका स्थानमा छर्कने गरिएको अधिकृत मियाले बताए ।
वीरगञ्जमा चिसो र गर्मी मौसम सुरु हुँदै गर्दा लामखुट्टेको अत्याधिक प्रकोप देखिन्छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेकोलाई नियन्त्रण गर्न वीरगञ्ज महानगरपालिकाले वर्षमा दुईपटक विषादी छर्ने गरेको छ ।
लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण फैलन नदिन विषादी छर्न सुरु गरिएको मेयर राजेशमान सिंहले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन