मोटरटसाइकल एकआपसमा ठक्कर दिदाँ १ जनाको मृत्यु

119 Shares

काठमाडौं, ११ फागुन । ललितपुर महानगरपालिका वर्डा नं. १३ कुसुन्तिस्थित सडकमा बा ८७ प ५९०१ र बागमती प्रदेश ०२–००२ प ९३७६ नम्बरको मोटरटसाइकल एकआपसमा ठक्कर दिदाँ १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा बा प्र ०२–००२ प ९३७६ नम्बरको मोटरसाइकल चालक धनुषा लक्ष्मीनिया घर भई ललितपुर महानगरपालिका वर्डा नं. १७ ग्वार्को बस्ने २१ वर्षीय शिवम यादवको मृत्यु भएको प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका बा ८७ प ५९०१ नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने सोही मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार