सुनको मूल्य तोलामा ५ सय घटे

97 Shares

काठमाडौँ, ११ फागुन । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ५ सय घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मुल्य तोलामा १ लाख २ हजार ५ सय र तेजावी सुनको मुल्य तोलामा १ लाख २ जहार कारोबार भएको हो ।
बुधबार छापावाल सुनको मुल्य तोलामा १ लाख ३ हजार र तेवारी सुनको मुल्य तोलामा १ लाख २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आजघटेर तोलामा १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार