why is my zoom app not installing - why is my zoom app not installing download the zoom desktop client pcr test bergen op zoom gratis download zoom for this pc whiteboard app zoom zoom download com zoom meeting ohne download zoom voice app

अबैध कुखुरा बरामद

   १९ बैशाख २०७८, आईतवार १७:१५  

तराई टप संवाददाता
रौतहट, १९ वैशाख । नेपालमा प्रतिबन्ध रहेको भारतीय कुखुरा (बोईलर) सशस्त्र प्रहरीले नेपाल भारत सिमावर्ती क्षेत्र परोहा नगरपालिकाको खाँपमा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गणका अनुसार परोहा नगरपालिका ९ खाँप स्थित नेपाल भारतको दशगजा क्षेत्र भएर तिन वटा साइकलमा भारतीय कुखुरा लिएर नेपाल प्रवेश गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणको प्रयास गर्दा उनीहरु साइकल छाडी भारत तर्फ भागेको र तिन वटा साइकलमा १४५ थान कुखुरा वेवारिसे अवस्थामा बरामद गरिएको हो ।


साढे ७२ हजार मूल्य बराबरको बरामद गरिएको कुखुरालाई गण भित्र खाल्डो खनेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
कोभिड १९ लाई मध्यनजर राख्दै सिमा क्षेत्रमा कडाई गरिएको भएपनि खुला सिमाको कारण चोरी तस्करी नियन्त्रण हुन सकेको छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै