चार दलको बैठक बालुवाटारमा बसिदै

   फाल्गुन १२, २०७९  
114 Shares

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेस सहित चार दलको बैठक बालुवाटारमा बसिदै छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु सहभागी भएको हो ।
कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्ण बहादुर खडका, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी भएका छन् ।
बिहीवार माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बसेको थियो । सोही बैठकले सुक्रवार कांग्रेससँग पनि छलफल गर्ने सहमति गरेको थियो ।
आजको बैठकबाट कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन ब्यूतिने र राष्ट्रपति पदको साझा उम्मेदवार चयन गर्ने नेताहरु बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै