सेभिया र पिएसभी आइन्डहोभन बीचको दोस्रो लेग खेलमा आक्रमण

   फाल्गुन १२, २०७९  
143 Shares

काठमाडौं, १२ फागुन । युरोपा लिग नकआउट प्लेअफ अन्तर्गत सेभिया र पिएसभी आइन्डहोभन बीचको दोस्रो लेग खेलमा सेभियाका गोलकिपर मराको डिमिट्रोभिचलाई एक समर्थकले आक्रमण गरेको छ ।
पीएसभीले घरेलु मैदानमा भएको दोस्रो लेग २–० ले जिते पनि समग्रमा सेभियासँग ३–२ ले पराजित हुँदै बाहिरिएको हो ।
३१ वर्षीय डिमिट्रोभिचलाई एक प्रशंसकले मैदानमा पुगेर पन्च हाने । सर्बियाली किपरले कुस्ती नै लडनुपरेको थियो । खेलको अन्तिम चरणमा भएको घटनापछि आक्रमणकारीलाई अन्ततः स्टेवार्डहरुले नियन्त्रण लिएका थिए ।
सर्बियन अन्तर्राष्ट्रिय खेलाडी डिमिट्रोभिचले फुटबलमा यस्तो घटना राम्रो नभएको खेलपछि दी एथ्लेटिकसँग बताएका छन् । उनले भनेका छन्, ‘फुटबलमा यो देख्नु कहिल्यै राम्रो हुँदैन । यो हुनु हुन्थेन र अबदेखि, म आशा गर्दछु कि यिनीहरूलाई राम्रो सजाय हुनेछ । उनले पछाडिमबाट आएर मलाई धकेले । उनी सायद नतिजालाई लिएर रिसाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै