ज्यान मुद्दाबाट फरार भएको अभियुक्तलाई १७ वर्षपछि पक्राउ

100 Shares

धनगढी, १२ फागुन । कञ्चनपुरमा कर्तव्य ज्यान मुद्दाबाट फरार भएको अभियुक्तलाई १७ वर्षपछि पक्राउ गरिएको छ ।
भिमदत्त नगरपालिका वर्डा नं. १४ बनकट्टी बस्ने ५८ वर्षीय हर्कबहादुर ऐडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिएको हो ।
उनका अनुसार २०६२ सालको भदौमा करेन्ट लागेर मृत्यु भएको घटनामा ऐडीले कर्तव्य ज्यान गरेको जिल्ला अदालतले ठहर गरेको थियो । घटना भएको दिन देखि फरार रहेका उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।

सम्बन्धित समाचार