160
Shares
काठमाडौँ, १२ फागुन । कांग्रेसको महामन्त्री गगन थापाले राष्ट्रपतिको उम्मेदवार ५ बजे टुंग्याउने बताएको छ ।
बालुवाटारमा भएको ४ दलबीचको छलफलमा राष्ट्रपतिबारे विभिन्न कोणबाट राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएपनि पुनः छलफल गर्नुपर्ने भएकाले साँझ ५ बजे अर्को बैठक बसेर टुंग्याउने थापाले बताएको हो ।
बैठकपछि बालुवाटारमा थापाले भने, दलहरुबीच एकपक्षीय र बहुपक्षीय छलफल भइरहेको छ । अब आ–आफ्नो पार्टीमा छलफल गर्नु भएकाले साझ ५ बजे पुनः अर्को बैठक बसरेर राष्ट्रपति उम्मेदवार टुंगो लगाउँछौं ।