‘प्रचण्ड’ र ओलीबीच शुक्रवार भनिएको निर्णायक भेटवार्ता अनिश्चित

106 Shares

काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री एव् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रवार भनिएको निर्णायक भेटवार्ता अनिश्चित भएको छ ।
प्रधानमन्त्री प्रचण्डले बिहीबार साँझ तीन दलको बैठकपछि राष्ट्रपति उम्मेदवारका बारेमा शुक्रवार एमाले अध्यक्ष ओलीसँग भेटेर निर्णायक छलफल गर्ने बताएका थिए । तर, दुवै नेताका निजी सचिवालयले प्रचण्ड–ओलीबीच भेटवार्ताको समय तय भैइसकेको बताएको हो ।
अध्यक्ष ओलीको प्रेस संयोजक रामशरण बजगाईँ र प्रधानमन्त्री प्रचण्डको प्रेस संयोजक सुर्यकिरणको भनाइ एउटै रहेको छ । प्रधानमन्त्री प्रचण्ड शुक्रवार बिहानैबाट बालुवाटारमा कांग्रेससहित पुरानो गठबन्धनका नेताहरूसँग छलफलमा सहभागी भएका छन् ।
राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउनुपर्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड लागेका छन् भने ओली एमाले बाहेकले उठाउने उम्मेदवारमा राष्ट्रिय सहमति हुन नसक्ने बताउँदै आएका छन् । राष्ट्रपति निर्वाचनमा निर्णायक रहेको माओवादी केन्द्रले कांग्रेस र एमाले दुवैले उम्मेदवार उठाए कसलाई मत दिने भन्ने अहिलेसम्म केही बताएको छैन ।

सम्बन्धित समाचार