सुनको मुल्य तोलामा १ सय घटे

   फाल्गुन १२, २०७९  
113 Shares

काठमाडौँ, १२ फागुन । नेपाली बजारमा सुनको मुल्य तोलामा १ सय घटेको र चाँदीको मुल्य तोलामा १० रुपैयाँ घटेको छ ।
शुक्रवार छापावाल सुनको मुल्य तोलामा १ लाख २ हजार ४ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ९ सय भएको हो ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर १ हजार २ सय ७५ रुपैयाँ कायम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै