121
Shares
लमजुङ, १२ फागुन । लमजुङ जिल्लाको आठवटै पालिकाबाट हात्तीपाइले विरुद्धको औषधी खुवाउने कार्यक्रम सुरुवात भएको छ ।
हात्तीपाइले रोग नियन्त्रणको लागि सन् २००९ देखि औषधी खुवाउने कार्यक्रम लागु भएको थियो तर केहि पालिकाहरुमा अझै पनि हात्तीपाइले रोगको बिरामीहरू देखिएकोले यस पटक औषधी खुवाइएको हो ।
फागुन ११ गतेदेखि सुरु हुने अभियान अन्तर्गत पहिलो दिन वडा तथा टोलमा स्वास्थ्य संस्था तथा बुथमार्फत हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको छ ।
अभियान अन्तर्गत यस वर्ष दुई वर्ष मुनिका बालबालिका र गर्भवती महिला बाहेक जिल्लाका १ लाख ४६ हजार ७ सय ४२ जना लाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाभर ४ सय २८ स्वास्थ्यकर्मी र ६ सय ७० महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् ।