‘जलेजलोस हिउँचुली सुकोस फेवाताल’ गीत सार्वजनिक

   फाल्गुन १२, २०७९  
276 Shares

काठमाडौँ, १२ फागुन । गीत संगीतको क्षेत्रमा राम्रो सिरिजना पस्किँदै आएका गायक भागिरथ चलाउनेको नयाँ गीत अर्काे ‘जलेजलोस हिउँचुली सुकोस फेवाताल’ सार्वजनिक भएको छ ।
भागिरथकै शब्द, संगीत तथा स्वर रहेको गीतमा गायनमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् ।
गीतको भिडियोमा गायक भागिरथ र मोडेल गीता ढुंगानाको रोमान्स देख्न सकिन्छ । प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा स्कुले प्रेम देखाउन खोजिएको हो । भिडियोमा नवराज उप्रेतीको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै