‘कबड्डी ५’ फिल्मको निर्माण

135 Shares

काठमाडौँ, १२ फागुन । हिट फिल्म ‘कबड्डी’ को पाँचौँ श्रृखला ‘कबड्डी ५’ निर्माण हुने भएको छ ।
फिल्मको लेखक तथा कलाकार उपेन्द्र सुब्बाले अर्को वर्ष ‘कबड्डी ५’ निर्माण हुने घोषणा गरेको हो ।
चार सिक्वेल निर्माण भएको ‘कबड्डी’ को पछिल्लो सिक्वेल ‘कबड्डी ः द फाइनल म्याच’ अर्थात ‘कबड्डी ४’ केही पहिले रिलिज भएको थियो ।
रामबाबु गुरुङको निर्देशन रहेको ‘कबड्डी’का सबै सिक्वेलमा मुख्य पात्रको रुपमा दयाहाङ राई रहँदै आएका छन् । ‘कबड्डी ५’ पनि दयाहाङ मुख्य पात्रमा रहने छन् । कवि समेत रहेका सुब्बाले फिल्ममा भने अब आफूले अभिनय नगर्ने बताएका छन् ।
फिल्ममा झाक्रिको भूमिका निर्वाह गर्दै आएका सुब्बाले ‘कबड्डी’ को दोस्रो श्रृंखलादेखि निर्देशक गुरुङलाई स्क्रिप्ट लेखनमा समेत सघाउँदै आएका छन् ।

सम्बन्धित समाचार