रौतहटमा थप ११ जना कोरोना संक्रमित

   बैशाख १९, २०७८  
740 Shares

तराई टप संवाददाता
रौतहट, १९ वैशाख । रौतहट जिल्लामा कोरोना भाईरसबाट थप ११ जना संक्रमित भएको पुष्टि भएको छ कोरोनाबाट संक्रमित हुनेको संख्या १५८ पुगेका छन् ।
आईतवार गौर अस्पतालको पिसिआर ल्यावमा परिक्षण गराएको २४ जना मध्ये ११ जना कोरोना संक्रमित भएको पुष्टि भएका हुन् । वैशाखको १ गते देखि आज सम्म कोरोना संक्रमणको संख्या १५८ पुगेको छ भने एक जनाको मृत्यु भईसकेका छन् । यो तथ्याँक गौर अस्पतालमा परिक्षण भएकाहरुको मात्रै छ अन्य जिल्लामा पनि रौतहटका नागरिक संक्रमित भएको पाइएको छ ।
आज गरिएको परिक्षणको रिपोर्ट अनुसार गौर नपामा ४, गरुडा २, फतुवा विजयपुर १, चन्द्रपुरमा १, दुर्गा भगवतीमा १, मटिहानी महोत्तरीका १, सिम्रौनगढ वाराको १ गरी ११ जना संक्रमित भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । संक्रमित मध्ये ७ जना पूर्ण रुपमा स्वस्थ भएको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले बताए ।
कोरोनालाई अटेरी नगरौं सकभर घरभित्रै बसेर सुरक्षित रहौं, बाहिर निस्कनै पर्दा मास्क, सेनेटाइजर र दुरी बनाएर सावधानी अपनाएमा यसबाट बच्न सकिने नत्र सरकारी अस्पतालमा उपचार नहुने भएकोमा सबै सचेत बन्नुपर्ने प्रजिअ यादवले जिल्लाबासी संग आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै