कृषिजन्य वस्तु संकलन तथा बजारिकरण केन्द्रको नवनिर्मित भवन उद्घाटन

166 Shares

सर्लाही, १२ फागुन । सर्लाहीको लालबन्दी नगरपालिका वर्डा नं.१६ परवानिपुरमा न्यू उदय सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाको कृषिजन्य वस्तु संकलन तथा बजारिकरण केन्द्रको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
संस्थाकी अध्यक्ष अस्मिता थापा मगरको अध्यक्षतामा मधेश प्रदेशसभाकी सदस्य बेची लुंगेलीले भवनको उद्घाटन गरेकी थिइन्् ।
केन्द्रको भवन निर्माणको लागि स्थानीय वुद्धिबहादुर सुनुवार र उनकी पत्नी अस्मिता थापा मगरले ८ धुर जग्गा प्रदान गरेको हो । संस्थाले थप १२ धुर जग्गा किनेर भवन बनाए ।
संस्थामा सामान्य वर्गका एक हजार भन्दा बढी महिला दिदी बहिनी आवद्ध छन् । प्रदेशसभा सदस्य लुंगेलीले स्थानीय महिला दिदी बहिनीले दुध बेचेर तथा बाख्रापालन गरेर राम्रो उन्नति गरिरहेको देखेर आफूले पनि भवन निर्माणमा सहयोग गरेको बताईन् ।

सम्बन्धित समाचार