नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

   फाल्गुन १५, २०७९  
129 Shares

काठमाडौं, १५ फागुन । नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्दै छ । परराष्ट्रमन्त्री विमला राई पौडयाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट रोकेपछि एमालेले सचिवालय बैठक बोलाएको हो ।
बैठक सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने छ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले मन्त्रिपरिषदबाट स्विकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिएको सन्दर्भमा आज ११ बजे पार्टी सचिवालयको बैठक बस्न लागेको जानकारी दिएका छन् ।
राष्ट्रपतिको उम्मेदवार मनोनयन गर्दा एमाले नेताहरुले राष्ट्रपतिको निर्वाचनसम्म सरकार नछाडने बताएका थिए ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारमा रहने कि नरहने भन्ने विषयमा आजको बैठकमा छलफल हुनसक्ने बताइन् । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने बताए ।
एमालेको समर्थनमा गत पुस १० गते प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डले कांग्रेससहितको ८ दलीय गठबन्धन बनाएपछि एमाले उनीसँग रुष्ट छ । सोही ८ दलीय गठबन्धनले कांग्रेसका पौडेललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै