दरबारमार्ग क्षेत्रमा पार्किङ निषेध गरेको विरोधमा १ घण्टा सटर बन्द

80 Shares

काठमाडौं, १५ फागुन । काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा सवारी पार्किङ निषेध गरेको विरोधमा त्यहाँका व्यापारी र व्यवसायीहरुले आज १ घण्टा सटर बन्द गर्दै छ ।
काठमाडौं महानगरपालिकाको निर्णयको विरोधमा सोमबार अपराहन साढे ४ बजेदेखि लिएर साढे ५ बजेसम्म सटर बन्द गर्न लागिएको हो ।
काठमाडौं महानगरपालिकाले ट्राफिक प्रहरीसँग मिलेर १९ पुसदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ । पार्किङ निषेध गरेदेखि ग्राहकको चहलपहल घटेर दरबारमार्ग सुनसान भएको र कारोबारमा पनि कमी भएको व्यवसायीहरुको गुनासो छ ।
दरबारमार्ग विकास बोर्डका सचिव यज्ञराज पाण्डेले पार्किङ निषेध गरिएको विरोधमा सटर बन्द गरेर काठमाडौं महानगरपालिकाको सांकेतिक विरोध जनाउन लागिएको बताए ।
दरबारमार्ग विकास बोर्डका अनुसार ५ लेनको दरबारमार्गमा दुईतर्फी २÷२ लेन सडक छाडेर एकातर्फ १ लेनमा पार्किङ राखिँदै आएको थियो ।

सम्बन्धित समाचार