रंगीचंगी ध्वजाले सजाइएको तिनतले चीर ठडयाइए

199 Shares

काठमाडौं, १५ फागुन । बसन्तपुरमा रंगीचंगी ध्वजाले सजाइएको तिनतले चीर ठडयाइएको छ ।
हनुमानढोका दरबारको गदी बैठकको दक्षिणतर्फ चीर ठडयाइपछि देशभर फागु अर्थात होली पर्व सुरु भएको मानिएको हो ।
फागुन शुक्ल अष्टमीका दिन ठडयाइने चीर उठाएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ । सोमबार बिहान ७ बजे मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठडयाएका छन् ।
उनीहरुले एक अर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्डयाएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार