भारतको उपमुख्यमन्त्रीलाई पक्राउ

   फाल्गुन १५, २०७९  
103 Shares

भारत, १५ फागुन । नयाँदिल्लीको उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परेका छन् ।
सीबीआईले आइतबार बेलुका सिसोदियालाई पक्राउ गरेको हो ।
सीबीआईले दिल्लीको मदिरा नीति सम्बन्धमा भएको भनिएको भ्रष्टाचारबारे अनुसान्धान गरिरहेको थियो । अनुसन्धानको क्रममा आइतबार बेलुकी सिसोदियालाई सीबीईले कार्यालयमा बोलाएको थियो ।
भारतीय समय अनुसार बेलुका सात बजे उनलाई हिरासतमा राखिएको खबर सार्वजनिक भएको थियो । सिसोदियाले अनुसन्धानमा नसघाएको आरोप छ ।
सिसोदिया आम आदमी पार्टीका नेता हुन् । आपका नेताहरुले यसमा राजनीतिक गन्ध भएको र भारतीय जनता पार्टीले प्रतिशोध साधेको आरोप लगाएका छन् ।
आप पार्टीका अध्यक्ष र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सिसोदिया बेकसुर भएको भन्दै उनको गिरफ्तारीलाई फोहोरी राजनीति भनेर टिप्पणी गरेका छन् ।
केजरीवालले भनेका छन्, ‘मनिषको गिरफ्तारीले जनता आक्रोशित छन् । उनीहरुलाई सबै थाहा छ । यसको जवाफ दिनेछन् । हाम्रो संघर्ष अझ बलियो हुनेछ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै