मास्क नलाउने १५२ जनालाई कारवाही

   १९ बैशाख २०७८, आईतवार १८:०९  

तराई टप संवाददाता
रौतहट, १९ वैशाख । मास्क नलगाएर घर बाहिर निस्किएका १५२ जनालाई आईतवार कारवाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सदरमुकाम गौर सहित मातहतका प्रहरी युनिटहरु जिल्लाको विभिन्न स्थानहरुमा विहानै ६ बजे देखि ५ बजे सम्म चेकजाँच गर्ने क्रममा १५२ जना मास्क नलगाउने विरुद्ध कारवाही गरिएको हो ।
घरबाट बजारमा निस्किएका १२१ पुरुष र ३१ महिलालाई कारवाही गर्दै १५२०० जरिवाना गरी राजश्व संकलन गरिएको छ भने १५ जना पुरुष र १० जना महिलालाई एक घण्टा होल्डिंग गरेर सम्झाई बुझाई छाडिएको तथा ६६७ जनालाई मास्क वितरण गरिएको जानकारी रौतहट प्रहरीका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
समाजिक दुरी कायम गरौं ! मास्क लगाऔं !! कोभिड–१९ बाट आफू बचौं अरुलाई बचाऔं !!! एसपी शाहले रौतहटवासी संग अपिल गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै