दर्ता सूचीबाट १४३ जना चिकित्सकको नाम हटाए

   फाल्गुन १५, २०७९  
111 Shares

काठमाडौँ, १५ फागुन । नेपाल मेडिकल काउन्सिलको दर्ता सूचीबाट १ सय ४३ जना चिकित्सकको नाम हटाइएको छ ।
१ सय ४३ जना चिकित्सकको नक्कली प्रमाणपत्र प्रमाणित भएपछि उनीहरुको नाम दर्ता सूचीबाट हटाइएको हो ।
काउन्सिलको रजिष्ट्रार डा.कृष्ण प्रसाद अधिकारीले मृत्यु र जाली प्रमाणपत्र प्रमाणित भएका चिकित्सकहरूको नाम दर्ता सूचीबाट हटाइएको बताए ।
दर्ता खारिजमा परेका सबै चिकित्सको विवरण भने वेभसाइटमा राखिएको छ । हालसम्म मेडिकल काउन्सिलमा ३२ हजार २ सय १८ जना चिकित्सकले नाम दर्ता गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै