निर्माण गलिएको पालिकास्तरीय अस्पताल भवनमा अलपत्र परे

104 Shares

म्याग्दी, १५ फागुन । म्याग्दीको धौलागिरि गाउँपालिका वर्डा नं. ७ ताकममा निर्माण गलिएको पालिकास्तरीय अस्पतालको भवनमा अलपत्र परेको छ ।
निर्माण सकिनुपर्ने समयमा एक चौथाइ मात्र निर्माण भएको हो । भौगोलिक विकटता र निर्माण सामग्री ढुवानीमा समस्याका साथै व्यवसायीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा भवनको काम एक वर्षयता नभएको स्थानीयवासी देवेन्द्रबहादुर थापाले गुनासो गरे ।
भवन बनाउन लागि विसं २०७८ वैशाखमा बिएम–आइएस–एसी जेभी बुर्तिबाङ बागलुङले ४ करोड ७९ लाख ४० हजार ३ सय ३४ मा ठेक्का सम्झौता गरेको थियो ।
सम्झौताअनुसार २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । अस्पतालको लागि २ तले १६ कोठे भवन निर्माण गर्न लागिएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले निर्माण कम्पनीका प्रतिनिधिलाई रोकिएको भवन निर्माण अघि बढाउन ताकेता गरिएको बताए ।
आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टा छुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएका छन् । समयमै भवन नबन्दा अस्पताल सञ्चालनको तयारी प्रभावित बनेको वडाध्यक्ष अशोक खत्रीले बताए ।

सम्बन्धित समाचार