थन्काएर राखिएको एम्बुलेन्स संचालनको लागि समिति बनाए

84 Shares

सर्लाही, १५ फागुन । सर्लाहीको लालबन्दी नगरपालिका वर्डा नं. १५ र १६ परवानिपुरमा लामो समयदेखि थन्काएर राखिएको एम्बुलेन्स संचालनको लागि समिति बनाइएको छ ।
पटक–पटकको भेलापछि बल्ल सहमती जुटाएर समिति बनाइएको हो । सामुदायिक स्वास्थ्य सेवा समाज संस्थाको पदबहादुर खडका अध्यक्ष रहने गरी तत्कालको लागि ७ सदस्यीय समिति बनाइएका छन् ।
परवानिपुरमा केही वर्षअघि सप्ताह लगाएर उठाइएको पैसाले एम्बुलेन्स किनिएको थियो । सो एम्बुलेन्स केही समय थन्काएर गुमनाम पारेर राखियो । एम्बुलेन्स पुनः गाउँमा झिकाएर नयाँ समिति गठन गरी फेरि संचालनको तयारी गरिएका हुन् ।
संस्थाका निवर्तमान अध्यक्ष गोविन्द अधिकारीको अध्यक्षतामा लालबन्दी १५ र १६ का वडाध्यक्ष क्रमश ः गोरखबहादुर बल र गणेशबहादुर थापालगायतको उपस्थितिमा ७ सदस्यीय समिति गठन गरी तत्काल एम्बुलेन्स संचालनमा ल्याउने निर्णय समेत गरिएको छ ।

सम्बन्धित समाचार