लालबन्दीको जनज्योति माध्यमिक विद्यालयको नयाँ व्यवस्थापन समिति गठन

   फाल्गुन १५, २०७९  
120 Shares

सर्लाही, १५ फागुन । सर्लाहीमा सबैभन्दा धेरै विद्यार्थी पढने जनज्योति माध्यमिक विद्यालय लालबन्दीको नयाँ व्यवस्थापन समिति गठन भएको छ ।
हिजो देखि सुरु भई आज सम्पन्न अभिभावक भेलाले नेकपा एमालेका नेता बलराम पोखरेल अध्यक्ष रहने गरी सर्वसम्मत रुपमा ६ सदस्यीय विद्यालय व्यवस्थापन समिति चयन गरेको हो ।
समितिको सदस्यहरुमा गोपाल प्रसाद घिमिरे, अरुण बराईली, करुणा अधिकारी, सविता भट्टराई र पार्वती भण्डारी कोइराला चुनिएका छन् ।
विद्यालय व्यवस्थापन समितिमा विद्यालय रहेको वडाध्यक्ष सदस्य, १ जना शिक्षक प्रतिनिधि सदस्य र प्रधानाध्यापक सदस्य सचिव रहने व्यवस्था छ । माओवादी नेता मनिष कुमार माझी नेतृत्वको व्यवस्थापन समितिको कार्यकाल सकिएपछि झण्डै डेढ वर्ष यो विद्यालय व्यवस्थापन समितिविहीन रहेको थियो ।
कक्षा १२ सम्म पढाई हुने जनज्योति मा.वि. मा अहिले ३ हजार ६ सय भन्दा बढी विद्यार्थी अध्ययनरत् छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै