हाम फालेर बलात्कार मुद्दाको एक अभियुक्त हतकडीसहित फरार

   फाल्गुन १५, २०७९  
99 Shares

धनुषा, १५ फागुन । प्रहरीको भ्यानबाट हाम फालेर बलात्कार मुद्दाको एक अभियुक्त हतकडीसहित फरार भएको छ ।
बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वर्डा नं. १३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया भ्यानबाट हाम फालेर फरार भएको हो ।
जिल्ला अदालत धनुषाबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किदै गर्दा साँझ साढे ७ बजे यदुकुहास्थित कमला नहर नजिक भ्यानबाट हामफालेर भागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै