zoom client for meetings free download want to download zoom zoom applicazione download download zoom 5.10 zoom link not working on laptop

दुर्गा प्रसाद पौडेल स्मृति पत्रकारिता पुरस्कारबाट मिश्र सम्मानित

   २० बैशाख २०७८, सोमबार १६:२७  

तराई टप संवाददाता
रौतहट, २० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवशको उपलक्ष्यमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले वरिष्ठ पत्रकार श्रीमान नारायण मिश्रलाई दुर्गा प्रसाद पौडेल स्मृति पुरस्कारबाट सम्माति गरिएको छ ।


नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यालय गौरमा सोमवार विश्व प्रेस स्वतन्त्रता दिवशको अवसरमा आयोजित “अन्तरक्रिया तथा सम्मान” कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले वरिष्ठ पत्रकार मिश्रलाई दुर्गा प्रसाद पौडेल स्मृति पुरस्कारबाट सम्मानित गरिएको हो ।
विश्व प्रेस स्वतन्त्रताको दिवशको अवसरमा प्रजिअ इन्द्र देव यादवले सत्य, तथ्य र निर्भिक्क भई देश हितमा कलम चलाउन अलिकति पछि नहट्न संचारकर्मीहरु आग्रह गर्दै केही क्षणको लागि सत्य कुरा नराम्रो लाग्न सक्छ तर पछि त्यही समाचारको आधारमा मानिसलाई सुध्रिने अवसर पनि प्राप्त हुने हुँदा कसैको उसकाहटमा नभई बस्तपरक ढंगबाट पत्रकारिता गरिएमा मात्रै समाजको उत्थान एवं विकसित राष्ट्रको कल्पना गर्न सकिने विचार प्रकट गरे ।


नेपाल प्रहरीका एसपी सिद्धि विक्रम शाहले पत्रकारहरु काम गर्दै जाँदा कहिले काही आईपर्ने जोखिम एवं थ्रेटको अवस्थामा प्रहरी प्रशासनबाट हुने सहयोग सवै गर्ने प्रतिबद्धता जनाउदै समाजिक संजालमा आएको कुरालाई लिएर समाचार नबनाएर सत्य एवं बास्तविक धरातलमा गएर समाचार तयार पार्दाको अवस्थामा जोखिम पनि नहुने पुर्यान खोजेको सन्देश राज्य एवं समाज समक्ष पुगि सक्ने भएको हुँदा स्वतन्त्रता पूर्वक बास्तविक कुरालाई लिएर अगाडी बढ्नु पर्नेमा जोड दिए ।
रेडियो प्रशारक संघका जिल्ला अध्यक्ष रेबन्त झाले विश्वव्यापी कोभिड १९ को दोश्रो लहरको महामारीबाट पिडा खेपिरहेको अवस्थामा संचारकर्मीहरु माथि आईपरेको जिम्मेवारी लाई सुरक्षित ढंगबाट आत्मसाथ गरी समाचार सम्प्रेसित गर्न र अरुलाई सचेत गराउनुपर्ने मा जोड दिए । भिडभाड एवं विना मास्कको बाहिर ननिस्कने, हैण्ड सेनेटाइजरको प्रयोग गरेर आवश्यक परेको स्थानमा मात्रै गएर रिपोटिंग गर्न आग्रह गरे ।
महासंघको केन्द्रीय सदस्यमा नव निर्वाचित हुुनु भएको शिवबहादुर पुरीले निर्वाचनको समयमा केही तलमाथि एवं रिस राग होला अव सवै त्यागेर संस्थागत हित र पत्रकारहरुको हित कसरी हुने हो त्यस तर्फ लाग्नुपर्ने बताए । रौतहटका ५६ जना सदस्यहरु संग चाँडै एक ठाउमा भेला भई भलाकुसारी गर्दै आत्मीयतालाई बलियो बनाउने कार्यक्रम चाँडै संचालन हुने बताए ।
पूर्व अध्यक्षद्धय शैलेन्द्रकुमार गुप्ता, रविन्द्र साह, संचारकर्मी तथा दुर्गा प्रसाद पौडेल स्मृति पुरस्कारको संस्थापक सन्तोष पौडेल सहितका पत्रकारहरुले कोभिडको समयमा रौतहटको संचारकर्मीहरुले भोग्नु परेको पिडा र कष्टलाई समेत विर्षेर आफनो ज्यानको बाजी लगाई जनताको हितमा काम गरिरहेको बताए । पत्रकार प्रभातकुमार झाले विगतको कुराबाट हामीले पाठ सिक्दै नयाँ पुस्तालाई कसैको अधिनमा नरही स्वतन्त्र रुपमा सहि, तत्यमा आधारित समाचार लेख्नुपर्ने सुझाव दिदै आउदो समयमा पत्रकारिताको लागि स्वर्णीम क्षण रौतहट बनोस भने शुभकामना दिए ।
शाखा सभापति प्रेमचन्द्र झाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाको उपाध्यक्ष प्रविण शर्माले स्वागत मन्तव्य दिनु भएका थिए भने शाखाको सचिव मदन ठाकुरले कार्यक्रम संचालन गरेको थियो ।
पहिलो पटक दिइएको उक्त पुरस्कारको राशी ११ हजार र सम्मान पत्र रहेको नेपाल पत्रकार महासंघका सचिव मदन ठाकुरले जानकारी दिए । प्रत्येक बर्ष एक जना वरिष्ठ पत्रकारलाई सम्मान गरिने पुरस्कार संचालक समितिले जानकारी दिएको सचिव ठाकुरले बताए । नव निर्वाचित रौतहट शाखाको पदाधिकारी सहित केन्द्रीय सदस्यलाई दुर्गा प्रसाद पौडेल स्मृति प्रतिष्ठानले प्रमाण पत्र दिई सम्मान गरेको नेपाल पत्रकार महासंघ रौतहट शाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै