संयुक्त राज्य अमेरिकाबाट ४ सयवटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने

131 Shares

टोकियो, १५ फागुन । जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानले संयुक्त राज्य अमेरिकाबाट ४ सयवटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने बताएको छ ।
हाम्रो देशको योजना ४ सय युनिट क्रुज क्षेप्यास्त्र खरिद गर्ने हो । किशिदाले तल्लो सदनको बजेट समितिलाई बताए । यसै महिनाको सुरुमा जापानी रक्षामन्त्रीले जापानले आगामी आर्थिक वर्षमा क्षेप्यास्त्र खरिदको लागि २११.३ अर्ब येन (१.५ अर्ब अमेरिकी डलर बराबर) छुटयाएको बताएको थिए ।
रूसले युक्रेनमाथि गरेको आक्रमण र चीनले ताइवानमाथि कब्जा जमाउन सक्ने आशङ्काबीच जापानको यो निर्ण सार्वजनिक भएका छन् । जापानसँग युद्धपछिको शान्तिवादी संविधान छ, जसले उसको सैन्य क्षमतालाई रक्षात्मक उपायहरूमा सीमित गर्द छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार