आँधीको कारण डुङ्गा डुब्दा एक शिशुसहित ५९ जना आप्रवासीको मृत्यु

112 Shares

रोम, १५ फागुन । इटालीको दक्षिणी क्यालाब्रिया क्षेत्रको समुन्द्रमा आएको आँधीको कारण डुङ्गा डुब्दा एक शिशुसहित ५९ जना आप्रवासीको मृत्यु भएको छ ।
क्यालाब्रिया नगरका नगर प्रमुख भिन्सेन्जो भोसले उद्धारकर्मीहरूलाई उद्धृत गर्दै स्काई टीजी–२४ टेलिभिजन च्यानलसँग भने, “डुङ्गामा करिब ‘२०० भन्दा बढी मानिस’ सवार रहेका र मृत्यु हुनेको सङख्या ५९ पुगेको पुष्टि भएको छ ।”
यसअघि, क्षेत्रीय गभर्नर रोबर्टो ओचिउटोले भने, “बालबालिकासहित दर्जनौं मानिस डुबेर मरेका छन् । अझै धेरै समुद्रमा हराइरहेका छन् ।” यो भयानक त्रासदीपछि क्यालाब्रिया शोकमा डुबेको छ ।

सम्बन्धित समाचार