सातदोबाटो युवा क्लब केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल

   फाल्गुन १५, २०७९  
135 Shares

काठमाडौं, १५ फागुन । त्रिभुवन आर्मी क्लबलाई सडेन डेथमा पराजित गर्दै सातदोबाटो युवा क्लब केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा भएको छ ।
वर्षाको कारण आइतबार बीचमै रोकिएर सोमबार भएको खेलमा सातदोबाटोले त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराएको हो ।
आज भएको दोस्रो हाफको खेलमा पनि कुनै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । पहिलो पेनाल्टीमा दुवै टिमका गोलरक्षकले १÷१ गोल रोकेपछि ४÷४ बराबरी भएको थियो ।
त्रिभुवन आर्मी क्लबका सुदिल राईको बल अभिषेक बरालले बचाउ गर्दै सातदोबाटो युथ क्लबलाई फाइनल प्रवेश गराएका छन् ।
सातदोबाटोले उपाधिको लागि आयोजक केपी ओली फुटबल क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै