125
Shares
काठमाडौं, १५ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत खेलमा नेपाली डेब्यूटान्ट प्रतिश जिसीले विकेट लिएको छ ।
टस जितेर फिल्डिङ गरेको नेपालको लागि प्रतिशले ३३.३ ओभरमा पपुवा न्युगिनीका हिरीहिरीलाई दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराएको हो ।
तीव्र गतिका १८ वर्षीय बलर प्रतिश प्युठानमा जन्मिएका हुन् । तर, उनले घरेलु प्रतियोगितामा वागमती प्रदेशको लागि खेल्दै आएका छन् ।
लिग टूअन्तर्गत युएई र पपुवा न्युगिनी सम्मिलित शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनीले नेपालविरुद्ध औषत ब्याटिङ गरिरहेको छ ।
३५ ओभर सकिँदा पपुवा न्युगिनीले ५ विकेट गुमाएर १२१ रन बनाएको छ । नेपालको लागि गुल्सन झाले ३ विकेट लिएका छन् भने सोमपाल कामीले एक विकेट लिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन