चिनियाँ नागरिकको कुकृत्य, ललितपुर प्रहरीद्धारा याङ लि मिङ पक्राउ

251 Shares

काठमाडौं, १६ फागुन । पोखरा देखि काठमाडौं सम्मका किशोरीहरुलाई विभिन्न प्रलोभनमा पारेर बन्धक बनाई यौन जन्य क्रियाकलापको साथै विभिन्न गैरकानुनी कार्यमा संलग्न गराएको आरोपमा महानगरिय प्रहरी परिसर ललितपुरले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ
चीनको फुजिअन झिया मेन को स्थायी बासिन्दा तथा हाल ललितपुर महानगरपालिका वडा नम्वर २२ सोह्खुटे स्थित न्यू कोका प्यूरियन म्याट्रेस कम्पनीका सञ्चालक रहेका ४९ बर्षिय याङ लि मिङलाई अपराधिक कार्यमा संलग्न रहेको पीडित पक्षद्धारा दिइएको उजुरीको अधारमा महानगरिय प्रहरी परिसर ललितपुरले चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
पोखरा र मेची नगरपालिकाको ३ जना किशोरीलाई विभिन्न प्रलोभनमा पारेर उक्त स्थानमा बोलाई बन्धक बनाएर जबरजस्ती यौन शोषणमा लगाएको गम्भीर आरोपमा निज चिनियाँ नागरिक याङ लि मिङलाई पक्राउ गरिएको ललितपुर महानगरिय प्रहरी परिसर प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
चिनियाँ नागरिकले आर्थिक प्रलोभन तथा कामको प्रलोभन दिएर विभिन्न सहरबाट युवतीहरुलाई बोलाउने र कम्पनीमा किशोरीहरुलाई बन्धक बनाएर जबर्जस्ती करणी गर्ने गरेको पाइएको एसएसपी शाहले बताए ।
बन्धक बनाएका किशोरीहरुमा नेपाल विरोधी भावना जागृह गराउर्दै आफनो स्वार्थ पुरा गराउने र चिनियाँ गीतहरु सुन्न लगाउने गरेको पाइएको श्रोतले बतायो । चिनियाँ नागरिकका यस प्रकारको संदिग्ध गतिविधिको मुख्य उद्देश्यबारे प्रहरीले गहन छानविन एवं अनुसन्धान गरिरहेको तथा त्यसको बास्तविकता बुझ्ने प्रयास भईरहेको उनले बताए ।

सम्बन्धित समाचार