विपदबाट जोगिन दुर्गा भगवतीमा पालिका स्तरिय कृत्रिम घटना अभ्यास कार्यक्रम डेमो परिक्षण

   फाल्गुन १६, २०७९  
272 Shares

रौतहट, १६ फागुन । रौतहटको दुर्गा भगवती गाउँपालिका स्थित सरस्वती उच्च माध्यमिक विद्यालयको चौरमा आकस्मिक रुपमा आईपर्दा विपदबाट कसरी जोगिन सकिन्छ भन्ने सम्बन्धमा स्थानीयहरुलाई जनचेतना जगाउने उद्देश्यबाट डेमो परिक्षण गरियो ।
दुर्गा भगवती गाउँपालिकाको सरस्वती उच्च माध्यमिक विद्यालय पिपरा भलोहियाको चौरमा स्थानीय प्रहरी प्रशासन, सशस्त्र प्रहरीको मधेश प्रदेश प्रमुख डिआजी, सशस्त्र प्रहरीको पूर्व आईजी, गाउँपालिका प्रमुख शम्भु सिंह लगायत स्थानीय जनप्रतिनिधिको रोहवरमा आकस्मिक रुपमा आइपर्ने विपदबाट कसरी जोगिन सकिन्छ भन्ने सम्बन्धमा मंगलवार पालिका स्तरिय कृत्रिम घटना अभ्यास कार्यक्रम (डेमो) परिक्षण गरिए ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आधीवेहरीको समय आउन लाग्दा हुने आगलागि तथा प्राकृतिक विपदा भुकम्पबाट जोगिने उद्देश्यबाट गरिएको यस्ता खालको जनचेतना अभियानबाट सर्वसाधारणलाई ठूलो मद्दत एवं प्रेरणा पुग्ने उनले बताए । जिल्ला विपद व्यवस्थापन समिति र पालिका स्तरिय विपद व्यवस्थापन समिति मिलेर प्राकृतिक विपदबाट जोगिन विभिन्न जनचेतना मुलुक अभियान चलाई सर्वसाधारणलाई जागरुक बनाउनु पर्ने आवश्यक्ता महसुस गरे ।
सो कार्यक्रममा सशस्त्र प्रहरीका पूर्व आइजी सनतबहादुर बस्नेतले फागुन चैत महिनामा चल्ने हावाहुरी, बर्षा याममा आउने बाढी र भुकम्प जस्ता विपदबाट जोगिन सवैलाई जागरुक गराउनु नितान्त आवश्यक भएको हुँदा यस प्रकारको अभियानबाट निकै टेवा पुग्ने बताए ।
गाउँपालिका प्रमुख शम्भु सिंहको अध्यक्षतामा सम्पन्न उक्त डेमो कार्यक्रममा सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख डिआईजी गणेश ठाडा मगर, दुर्गा भगवती गाउँपालिकाको उपप्रमुख शिला देवी, वडाध्यक्षहरु सुरेश चौधरी, धर्मेन्द्रकुमार झा (डिके), सशस्त्र प्रहरीका एसपी माधव घिमिरे सहित विभिन्न निकायका प्रमुख एवं प्रतिनिधिहरु, संचारकर्मीहरु, रेडक्रसको प्रतिनिधि एवं भोलियन्टीयर, नागरिक समाज सहित स्थानीय बासिन्दाहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।
डेमो परिक्षण गर्न खरले छाएको फुसको घर, बारुण यन्त्रको व्यवस्थापन गरिएको थियो ।
मेसी कोप्स (कोर)को आयोजनमा कृतिम घटना अभ्यास पलिका स्तरीय कार्यकम दुर्गाभगवती गाउँपलिका को सरस्वती मा। वी पिपरा भलोहिया को प्रंगणमा भूकंप बाट जोगिने उपायहरु कार्यक्रम समपन्न भएको छ।

तस्वीर स्थानीय संचारकर्मी पवनराज गुप्ताको फेसबुकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै