प्रहरीको भ्यानबाट फरार भएको ७२ घण्टापछि पक्राउ

   फाल्गुन १७, २०७९  
92 Shares

काठमाडौं, १७ फागुन । प्रहरीको भ्यानबाट फरार भएको बलात्कार आरोपी ७२ घण्टापछि पक्राउ परेको छ ।
धनुषा जिल्ला अदालतबाट दोस्रोपटक १० दिन म्याद थप गरेर फर्किंदै गर्दा फरार भएको सबैला नगरपालिका वर्डा नं. १३ का राजाबाबु मुखिया मंगलबार राति सवा १२ बजे पक्राउ परेको हो ।
राजाबाबु मुखियालाई धनुषाको जनकनन्दनी गाउँपालिका वर्डा नं.१ इनर्वास्थित भारतीय सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
भ्यानमा थनुवा सुरक्षार्थ खटिएका ६ जना कर्मचारीहरु माथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै