गृहमन्त्रालयले डीएसपीलाई सेवाबाट हटाउने तयारी

76 Shares

काठमाडौं, १७ फागुन । गृहमन्त्रालयले प्राविधिकतर्फ कार्यरत ससशस्त्र प्रहरीको १ जना नायब डीएसपीलाई विभागीय कारबाहीको लागि तयारी गरेको छ ।
गैरहाजिर भएका डीएसपी डाक्टर आशिष कोजुले चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि सशस्त्र गृहमन्त्रालयले विभागीय कारबाहीको लागि तयारी गरेको हो ।
कोजु सम्पर्कमा नआएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले सेवाबाट हटाउनुको आवश्यक कारबाहीको लागि गत पुस २५ गते गृहमन्त्रालयलाई अनुरोध गरी पत्र पठाएको थियो ।
सशस्त्रको पत्र अनुसार प्रक्रिया अघि बढाउन गृहमन्त्रालयले पनि माघ ५ गते सात दिनभित्र कारणसहित सफाइ पेस गर्न सूचना निकालेकोमा कोजुले संचित बिरामी बिदा स्वीकृत गरेर क्यानडामा उपचार गराइरहेको इमेल गरेका थिए ।
कोजुले इमेलमा पठाएको निवेदन सन्तोषजनक नभई सशस्त्र प्रहरी नियमावली २०७३ विपरीत भएको गृहमन्त्रालयले ठहर गरेको छ ।
उनलाई नियमावली विपरीत काम गरेको भन्दै गृहमन्त्रालयले पुनः किन विभागीय कारबाही नगर्ने भनी सात दिने स्पष्टीकरण मागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार