दुईवटा रेल एकआपसमा ठोक्किंदा १६ जनाको मृत्यु र ८५ जना घाइते

   फाल्गुन १७, २०७९  
81 Shares

काठमाडौं, १७ फागुन । ग्रिसको उत्तर क्षेत्रमा २ वटा रेल एकआपसमा ठोक्किंदा कम्तिमा १६ जनाको मृत्यु र ८५ जना घाइते भएको छ ।
दुर्घटनामा १६ जनाको मृत्यु भएको र ८५ जना घाइते भएका जनाएको हो । घाइतेमध्ये २५ जनाको अवस्था चिन्ताजनक छ ।
मंगलबार बेलुका लारिसा सहर नजिकै यात्रुबाहक रेल र मालबाहक रेल एकआपसमा ठोक्किएका छन् । रेल ठोक्किएपछि डिब्बाहरु उछुट्टिएका थिए र ३ वटा डब्बामा आगो लागेको थियो । आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरुको टोली खटिएका थिए ।
भिडियो फुटेजहरुमा दुर्घटनास्थलमा धुवाँको बाक्लो मुस्लो उडेको र रेलका डिब्बामा आगो दन्किएको देखिन्छ । हेड ल्याम्प लगाएका उद्धारकर्ताहरुले धुवाँको मुस्लोमा छिरेर रेलमा च्यापिएका घाइतेहरुको उद्धार गरेका थिए । रेल ठोक्किनुको कारण खुलेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै